स्वास्थ्य बीमा कार्ड खारेज गरिनेछ(健康保険証が廃止されます)
सन् २०२४ डिसेम्बर २ तारिखमा स्वास्थ्य बीमा कार्ड खारेज गरिनेछ(令和6年12月2日に健康保険証が廃止されます)
माई नम्बर कार्ड र स्वास्थ्य बीमा कार्डको एकीकरण गरिने हुनाले, सन् २०२४ डिसेम्बर २ तारिखबाट परम्परागत बीमा कार्ड खारेज गरिनेछ तथा कागजी स्वास्थ्य बीमा कार्डहरू जारी गरिने छैन। आफूसँग भएको स्वास्थ्य बीमा कार्ड, म्याद सकिने मिति सम्म प्रयोग गर्न सकिने हुनाले नफाल्नुहोला। स्वास्थ्य बीमा कार्डको खारेजी पछि, परम्परागत बीमा कार्डको सट्टामा "योग्यता पुष्टिको प्रमाणपत्र" वा "योग्यता जानकारीको सूचना" जारी गरिनेछ।
माईना बीमा कार्ड भएका व्यक्तिहरू(マイナ保険証を持っている人)
स्वास्थ्य बीमा कार्डको प्रयोग गर्न मिल्ने गरी दर्ता गरिएको माई नम्बर कार्ड (माईना स्वास्थ्य बीमा कार्ड) भएको व्यक्तिहरूलाई सजिलै आफ्नो योग्यता जानकारी पुष्टी गर्न सकिने गरी "योग्यता जानकारीको सूचना" जारी गरिनेछ।
नियमानुसार माईना स्वास्थ्य बीमा कार्ड प्रयोग गरेर चिकित्सा परीक्षण गर्न सकिनेछ, तर केहि कारणवश माईना स्वास्थ्य बीमा कार्ड प्रयोग गर्न नमिलेको अवस्थामा, "योग्यता जानकारीको सूचना" पनि संगै पेश गर्नुहोस्।

योग्यता जानकारीको सूचना
(नमूना राष्ट्रिय स्वास्थ्य बीमा कार्डको जस्तो)
माईना बीमा कार्ड नभएका व्यक्तिहरू(マイナ保険証を持っていない人)
माई नम्बर कार्ड नभएको व्यक्ति, अथवा माई नम्बर कार्ड भएको तर स्वास्थ्य बीमा कार्डको रूपमा प्रयोग गर्न दर्ता नगरेको व्यक्तिको हकमा, "योग्यता पुष्टिको प्रमाणपत्र" जारी गरिनेछ। अहिले सम्मको स्वास्थ्य बीमा कार्ड जस्तै गरी चिकित्सा संस्थाहरुको काउन्टरमा प्रस्तुत गर्नुहोस्।

योग्यता पुष्टिको प्रमाणपत्र (राष्ट्रिय स्वास्थ्य बीमा)
माई नम्बर कार्डलाई बीमा कार्डको रूपमा प्रयोग गर्नको लागि दर्ता(マイナンバーカードの保険証利用登録)
माई नम्बर कार्ड भएको व्यक्तिले आफ्नो स्मार्टफोनबाट "माईना पोर्टल" (マイナポータル)मा लग इन गरेर बीमा कार्डको रूपमा प्रयोग गर्न दर्ता गर्न सक्नुहुन्छ। चिकित्सा संस्था अथवा फार्मेसीहरुमा रहेको अनुहार पहिचान गर्न सक्ने कार्ड रिडर मेसिनमा पनि दर्ता गर्न सकिन्छ। दर्ता गर्न कठिनाइ भएमा नगरपालिका कार्यालय अथवा शाखा कार्यालयहरुको काउन्टरमा दर्ता गर्न सहयोग गरिन्छ।
माई नम्बर कार्ड बनाउन आवेदन गर्दाको समयमा दर्ता गर्नुभएको ४-अङ्कको पासवर्ड आवश्यक पर्दछ।
माई नम्बर कार्डलाई स्वास्थ्य बीमा कार्डको रूपमा प्रयोग गर्दा हुने फाइदाहरू(マイナンバーカードの健康保険証利用のメリット)
माई नम्बर कार्डलाई स्वास्थ्य बीमा कार्डको रूपमा प्रयोग गर्दा, अस्पतालमा नियमित उपचारको लागी मात्र नभएर, त्यो बाहेक पनि धेरै फाइदाहरू रहेका छन्।
डाटामा आधारित राम्रो उपचार सेवा प्राप्त गर्न सकिन्छ(データに基づくより良い医療が受けられます)
विगतमा चिकित्सकले तपाईंलाई दिएको औषधीहरुको बारेमा आफैले चिकित्सक तथा औषधी पसलको फार्मासिस्टहरूलाई मौखिक रूपमा जानकारी दिन गाह्रो हुन्छ; तर डाक्टरसँग चेकअप गर्ने बेला तथा औषधी प्राप्त गर्ने बेलामा माई नम्बर कार्डको प्रयोग गरी, आफ्नो स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराउने सहमति दिएर, विगतमा तपाईंलाई दिईएको औषधीहरुको बारेमा चिकित्सक तथा फार्मासिस्टहरुलाई सजिलै जानकारी प्रदान गर्न सकिन्छ।
पहिलो पटक जचाँउन गएको अस्पताल अथवा फार्मेसी भए पनि, बिरामीले आफ्नो जानकारी प्रदान गर्न सहमत भएमा, चिकित्सक वा फार्मासिस्टले जानकारी पक्का गर्न सक्ने भएकोले बिरामीले राम्रो चिकित्सा सेवा प्राप्त गर्न सक्नेछ।
कुनै प्रक्रिया बिना नै उच्च-लागतको चिकित्सा हेरचाहमा लाग्ने शुल्क मध्य तपाईंको लागी तोकिएको अधिकतम सिमा भन्दा बढी पर्ने शुल्क तिर्नबाट छुट दिइनेछ(手続きなしで高額療養費の限度額を超える支払いが免除されます)
उच्च-लागत चिकित्सा हेरचाहमा लाग्ने शुल्क प्रणाली भनेको, चिकित्सा संस्था वा फार्मेसीको काउन्टरमा तपाईंले भुक्तानी गर्नु भएको रकम, एक महिनामा (महिनाको सुरुदेखि अन्त्यसम्ममा) तपाईंको लागी तोकिएको अधिकतम स्व-भुक्तानी रकमको सीमा भन्दा बढी भएमा, सो रकम फिर्ता गरिने प्रणाली हो।
पहिले, सो प्रणालीको लाभ प्राप्त गर्न, समान्यतया चिकित्सा संस्था वा फार्मेसीको काउन्टरमा एक पटक पूरा रकम तिरे पश्चात्, फिर्ता पाउने रकमको लागी फेरी आवेदन फारम बुझाउनुपर्थ्यो, अग्रिम रूपमा “स्व-भुक्तानीको सीमा रकम लागु गर्ने प्रमाणपत्र”को आवेदन दिएर, अस्पताल वा फार्मेसीको काउन्टरमा तिर्नु पर्ने रकमलाई अधिकतम स्व-भुक्तानी रकमको सीमा सम्म घटाउन त सकिन्थ्यो, तर समयमै आवेदन दिन नसकेको अवस्थामा, अस्थायी रूपमा एक पटक ठूलो रकम अनिवार्य नतिरी हुँदैनथ्यो।
यद्यपि, अबदेखि माई नम्बर कार्डलाई स्वास्थ्य बीमा कार्डको रूपमा प्रयोग गरिएमा, “अधिकतम स्व-भुक्तानी रकमको सीमाको प्रमाणपत्र” नभएता पनि, सार्वजनिक चिकित्सा बीमा लागू हुने उपचारको लागि अधिकतम स्व-भुक्तानी रकमको सीमाभन्दा बढी रकम तिर्न आवश्यक पर्ने छैन।
माई नम्बर पोर्टलबाट कर फिर्ताको आवेदन गर्ने बेला चिकित्सा खर्च कटौतीको आवेदन सजिलै गर्न सकिन्छ(マイナポータルで確定申告時に医療費控除が簡単にできます)
पहिले, चिकित्सा खर्च कटौती प्राप्त गर्नको लागि, उपचार खर्चको रसिदहरूबाट "चिकित्सा खर्च कटौतीको विस्तृत विवरण" बनाई, त्यसलाई कर फिर्ताको आवेदनमा संलग्न गर्न आवश्यक पर्थ्यो, त्यसैले एक वर्ष भरिको उपचार खर्चको रसिदहरूको व्यवस्थापन गर्न आवश्यक पर्दथ्यो।
यद्यपि, अबदेखि माई नम्बर पोर्टलबाट e-Taxमा लिङ्क गरेर, कर फिर्ताको आवेदन पेश गर्दा चिकित्सा खर्च कटौतीको आवेदन गर्न सजिलो हुनेछ।
उपचार खर्चको रसिदहरूको व्यवस्थापन तथा भण्डारण नगरीकनै माई नम्बर पोर्टलमा उपचार खर्चको सूचना तथा जानकारीको व्यवस्थापन गर्न सम्भव भई, माई नम्बर पोर्टल तथा e-Taxलाई लिङ्क गरेर, स्वचालित रूपमा आवश्यक जानकारी भर्न सकिन्छ।
चिकित्सा संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको कामको भार कम गर्न सकिन्छ(医療現場で働く人の負担を軽減できます)
थप जानकारीको लागी URL: स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय
सम्पर्क जानकारी(問い合わせ先)
राष्ट्रिय स्वास्थ्य बीमा तथा पेन्सन विभाग (Kokuho-nenkin-ka, 国保年金課):082-420-0933
स्थान(場所):मुख्य भवनको पहिलो तला(本館1階)
- Please let us know your opinions.
-
Caution:
Please note that we will not respond to the contents entered in this questionnaire.
Please click here for inquiries.
更新日:2025年01月16日