हिगाशिहिरोशिमा नगरपालिकाको विपद सम्बन्धी जानकारी पोर्टल
हिगाशिहिरोशिमा नगरपालिकाको विपद सम्बन्धी जानकारी पाइने पोर्टल(東広島市災害情報ポータル)

「हिगाशिहिरोशिमा नगरपालिकाको विपद सम्बन्धी जानकारी पाइने पोर्टल」सन् 2025 मे महिनाको 21 तारिख दिउँसोदेखि सञ्चालनमा आएको छ।
नगरपालिकाबाट विपद सम्बन्धी आपत्कालीन जानकारी, सुरक्षाको लागि निकासी सम्बन्धी जानकारी, तथा आश्रय लिन सकिने स्थान सम्बन्धी जानकारीहरु संकलन गरी पोस्ट गरिनेछ।
सडक आवागमनको जानकारी तथा बिजुली अवरुद्ध हुने जानकारी आदि, सम्बन्धित वेबसाइटहरूको लिङ्कहरू पनि पोस्ट गरिनेछ।
उपलब्ध भाषाहरू(対応言語)
जापानी, अंग्रेजी, चिनियाँ (सरलीकृत), चिनियाँ (परम्परागत), भियतनामी, पोर्चुगिज
प्रयोग गर्ने तरिका(利用方法)
- हिगाशिहिरोशिमा नगरपालिकाको बहुभाषी वेबसाइटको मुख्य पृष्ठबाट, DISASTER INFORMATION लेखिएको ठाँउमा क्लिक गरी「हिगाशिहिरोशिमा नगरपालिकाको विपद सम्बन्धी जानकारी पाइने पोर्टल」मा जान सकिन्छ ।
- 「हिगाशिहिरोशिमा नगरपालिकाको विपद सम्बन्धी जानकारी पाइने पोर्टल」को गृहपृष्ठबाट भाषाको चयन गर्नुहोस्।
- क्षेत्रको चयन गर्नुहोस्।
-
「मौसम सम्बन्धी जानकारी, भूकम्प सम्बन्धी जानकारी, आदि」जाँच गर्नुहोस्।
जारी गरिनु पर्ने जानकारी नभएमा,「हाल कुनै जानकारी उपलब्ध छैन」भन्ने सन्देश प्रदर्शित हुनेछ। -
「सुरक्षाको लागि निकासी सम्बन्धी जानकारी」जाँच गर्नुहोस्।
जारी गरिनु पर्ने जानकारी नभएमा,「हाल कुनै जानकारी उपलब्ध छैन」भन्ने सन्देश प्रदर्शित हुनेछ। -
「आश्रय लिन सकिने स्थान सम्बन्धी जानकारी」जाँच गर्नुहोस्।
आश्रय लिन सकिने स्थान सम्बन्धी जानकारी प्रदर्शित भएको खण्डमा, 地図लेखिएको ठाँउमा क्लिक गरी, Googlemap मा आश्रय स्थल तथा त्यहाँ सम्म जाने बाटोको जानकारी पाउन सकिन्छ।
सम्पर्क जानकारी(問い合わせ先)
संकट व्यवस्थापन महाशाखा (Kikikanri-ka, 危機管理課): 082-420-0400
स्थान(場所):मुख्य भवनको तेस्रो तला(本館3階)
- Please let us know your opinions.
-
Caution:
Please note that we will not respond to the contents entered in this questionnaire.
Please click here for inquiries.

更新日:2025年11月17日