माई नम्बर स्वास्थ्य बीमा कार्डको लागि आवेदन दिनुभयो ? マイナ保険証

更新日:2026年04月28日

स्वास्थ्य बीमा कार्ड खारेज गर्ने सम्बन्धमा(健康保険証の廃止について)

सन् 2024 डिसेम्बर 2 तारिख बाट नयाँ स्वास्थ्य बीमा कार्ड जारी गर्ने कार्य समाप्त भएको छ। यदि तपाईं सन् 2024 डिसेम्बर 2 तारिख पछि स्वास्थ्य बीमा प्रणालीमा भर्ना हुनु भएको भए, वा बसाई सराई आदिको कारणले बीमा कार्डमा भएको जानकारी परिवर्तन भएको भए, तपाईंको पुरानो बीमा कार्डको सट्टामा "योग्यता पुष्टिको प्रमाणपत्र" वा "योग्यता सम्बन्धी जानकारी पत्र" प्रदान गरिनेछ। हालको स्वास्थ्य बीमा कार्डको म्याद हुँदा सम्म यसको प्रयोग गर्न सकिन्छ, तर म्याद सकिए पछि भने, अस्पताल वा अन्य स्वास्थ्य संस्थाहरुमा जाँदा कृपया आफ्नो माई नम्बर स्वास्थ्य बीमा कार्ड वा योग्यता पुष्टिको प्रमाणपत्र प्रयोग गर्नुहोस्।

स्वास्थ्य बीमा कार्डको म्याद सकिने मिति

स्वास्थ्य बीमा कार्ड

म्याद सकिने मिति

म्याद सकिने मिति उल्लेख गरिएको कागजात (राष्ट्रिय स्वास्थ्य बीमा कार्ड)

उल्लेख गरिएको म्याद सम्म मान्य

म्याद सकिने मिति उल्लेख नगरिएको कागजात (स्वास्थ्य बीमा, सहकारी संस्था, आदि)

सन् 2025 डिसेम्बर 1 तारिख सम्म मान्य

'माइना' स्वास्थ्य बीमा कार्ड (माई नम्बर कार्ड)(マイナ保険証(マイナンバーカード))

आफ्नो माई नम्बर कार्ड प्राप्त गरेपछि, स्वास्थ्य बीमा कार्डको रुपमा प्रयोग गर्नको लागी दर्ता गर्नुहोस्। यो दर्ता माई नम्बर पोर्टल (कम्प्युटर/स्मार्टफोन), चिकित्सा संस्था वा फार्मेसीको रिसेप्शनमा कार्ड रिडर प्रयोग गरेर, वा सेभेन बैंकको एटीएम मार्फत गर्न सकिन्छ।

マイナ保険証マイナ保険証

योग्यता पुष्टिको प्रमाणपत्र (परम्परागत स्वास्थ्य बीमा कार्डको जस्तै डिजाइन)(資格確認書(従来の保険証と同じデザイン))

यो माई नम्बर स्वास्थ्य बीमा कार्ड नभएका व्यक्तिहरूलाई जारी गरिनेछ। कुनै आवेदनको आवश्यकता पर्दैन।
यसलाई तपाईंको हालको स्वास्थ्य बीमा कार्ड जस्तै गरी चिकित्सा संस्थाको काउन्टरमा देखाएर, पहिले कै जस्तो निश्चित खर्च आफूले बेहोरेर उपचार प्राप्त गर्न सक्नुहुनेछ।

資格確認書

योग्यता सम्बन्धी जानकारी पत्र(A4 साइजको कागजबाट काटेर बनाईएको)(資格情報のお知らせ(A4用紙から切り抜き))

यो माई नम्बर स्वास्थ्य बीमा कार्ड भएकाहरूलाई जारी गरिन्छ। यो माई नम्बर स्वास्थ्य बीमा कार्ड भएकाहरूले आफ्नो बीमा गरिएको स्थिति, आदि सजिलै बुझ्न सकून् भनेर जारी गरिन्छ। तर यो प्रमाणपत्र भने होईन, त्यसैले यस "योग्यता सम्बन्धी जानकारी पत्र" मात्र लिएर चिकित्सा संस्थाहरुमा उपचार सेवा प्राप्त गर्न सकिंदैन।

राष्ट्रिय स्वास्थ्य बीमा तथा वृद्धवृद्धाहरुको उपचार प्रणालीमा सामेल भएकाहरूलाई, जुलाईको अन्त्यतिर, माई नम्बर स्वास्थ्य बीमा कार्ड नभएकाहरुलाई "योग्यता पुष्टिको प्रमाणपत्र", तथा माई नम्बर स्वास्थ्य बीमा कार्ड भएकाहरुलाई "योग्यता सम्बन्धी जानकारी पत्र" पठाईनेछ।
資格情報のお政らせ

सम्पर्क जानकारी(問い合わせ先)

राष्ट्रिय स्वास्थ्य बीमा तथा पेन्सन विभाग (Kokuho-nenkin-ka, 国保年金課こくほねんきんか):082-420-0933

स्थान(場所ばしょ):मुख्य भवनको पहिलो तला(本館ほんかん1かい

Please let us know your opinions.

Caution:

Please note that we will not respond to the contents entered in this questionnaire.

Please click here for inquiries.

Question 1
Where do you live now?


Question 2
Was the information on this page helpful?


Question 3
If you have any comments or requests about this website, please feel free to write them here.