माई नम्बर स्वास्थ्य बीमा कार्डको लागि आवेदन दिनुभयो ? マイナ保険証
माई नम्बर स्वास्थ्य बीमा कार्डको लागि आवेदन दिनुभयो ? (マイナ保険証の申請はお済みですか)
स्वास्थ्य बीमा कार्ड खारेज गर्ने सम्बन्धमा(健康保険証の廃止について)
सन् 2024 डिसेम्बर 2 तारिख बाट नयाँ स्वास्थ्य बीमा कार्ड जारी गर्ने कार्य समाप्त भएको छ। यदि तपाईं सन् 2024 डिसेम्बर 2 तारिख पछि स्वास्थ्य बीमा प्रणालीमा भर्ना हुनु भएको भए, वा बसाई सराई आदिको कारणले बीमा कार्डमा भएको जानकारी परिवर्तन भएको भए, तपाईंको पुरानो बीमा कार्डको सट्टामा "योग्यता पुष्टिको प्रमाणपत्र" वा "योग्यता सम्बन्धी जानकारी पत्र" प्रदान गरिनेछ।
'माइना' स्वास्थ्य बीमा कार्ड (माई नम्बर कार्ड)(マイナ保険証(マイナンバーカード))
आफ्नो माई नम्बर कार्ड प्राप्त गरेपछि, स्वास्थ्य बीमा कार्डको रुपमा प्रयोग गर्नको लागी दर्ता गर्नुहोस्। यो दर्ता माई नम्बर पोर्टल (कम्प्युटर/स्मार्टफोन), चिकित्सा संस्था वा फार्मेसीको रिसेप्शनमा कार्ड रिडर प्रयोग गरेर, वा सेभेन बैंकको एटीएम मार्फत गर्न सकिन्छ।


योग्यता पुष्टिको प्रमाणपत्र(資格確認書)
यो माई नम्बर स्वास्थ्य बीमा कार्ड नभएका व्यक्तिहरूलाई जारी गरिनेछ। कुनै आवेदनको आवश्यकता पर्दैन।
यसलाई चिकित्सा संस्थाको काउन्टरमा देखाएर, पहिले कै जस्तो निश्चित खर्च आफूले बेहोरेर उपचार प्राप्त गर्न सक्नुहुनेछ।

योग्यता सम्बन्धी जानकारी पत्र(A4 साइजको कागजबाट काटेर बनाईएको)(資格情報のお知らせ(A4用紙から切り抜き))
यो माई नम्बर स्वास्थ्य बीमा कार्ड भएकाहरूलाई जारी गरिन्छ। यो माई नम्बर स्वास्थ्य बीमा कार्ड भएकाहरूले आफ्नो बीमा गरिएको स्थिति, आदि सजिलै बुझ्न सकून् भनेर जारी गरिन्छ। तर यो प्रमाणपत्र भने होईन, त्यसैले यस "योग्यता सम्बन्धी जानकारी पत्र" मात्र लिएर चिकित्सा संस्थाहरुमा उपचार सेवा प्राप्त गर्न सकिंदैन।
राष्ट्रिय स्वास्थ्य बीमा तथा वृद्धवृद्धाहरुको उपचार प्रणालीमा सामेल भएकाहरूलाई, जुलाईको अन्त्यतिर, माई नम्बर स्वास्थ्य बीमा कार्ड नभएकाहरुलाई "योग्यता पुष्टिको प्रमाणपत्र", तथा माई नम्बर स्वास्थ्य बीमा कार्ड भएकाहरुलाई "योग्यता सम्बन्धी जानकारी पत्र" पठाईनेछ।

सम्पर्क जानकारी(問い合わせ先)
राष्ट्रिय स्वास्थ्य बीमा तथा पेन्सन विभाग (Kokuho-nenkin-ka, 国保年金課):082-420-0933
स्थान(場所):मुख्य भवनको पहिलो तला(本館1階)
- Please let us know your opinions.
-
Caution:
Please note that we will not respond to the contents entered in this questionnaire.
Please click here for inquiries.

更新日:2026年10月05日