करको भुक्तानी गर्ने तरिका(税金の納付方法)
बैंक खाताबाट पैसा पठाउने(口座振替)
नगरपालिकाको भुक्तानी बुझिलिने विभाग वा सम्बन्धित वित्तीय संस्थामा आवेदन दिनुहोस्।
भुक्तानीको कागजात(納付書)
सम्बन्धित वित्तीय संस्था, हुलाक कार्यालय, कन्भिनियन्स स्टोर (कोन्बिनि)
स्मार्टफोन वा कम्प्युटरबाट पनि भुक्तानी गर्न सकिन्छ।(スマホやパソコンからも納付できます)
PayB・PayPay
स्मार्टफोन वा ट्याब्लेटमा PayB・PayPay एप डाउनलोड गरेर सजिलै भुक्तानी गर्न सकिन्छ। यसमा कुनै थप शुल्क लाग्दैन।
कोन्बिनिबाट भुक्तानी गर्नको लागी बारकोड छापिएको भुक्तानीको कागजातको बारकोडलाई क्यामेराले स्क्यान गरी, स्क्रीनमा देखिएको भुक्तानीको विवरण पक्का गरी भुक्तानी गर्नुहोस्।
※भुक्तानी गर्न सकिनेमा, नगरपालिका वा प्रिफेक्चरको कर (साधारण संकलन), स्थिर सम्पत्तिको कर, हल्का सवारी साधनको कर, र राष्ट्रिय स्वास्थ्य बीमा कर हुनका साथै भुक्तानी रकम 300,000 येन वा कमको रकम मात्र रहेका छन।
「स्थानीय कर एकीकृत QR कोड」
सन् 2023 अप्रिल देखि, भुक्तानी सम्बन्धी कागजातको अगाडि छापिएको「स्थानीय कर एकीकृत QR कोड」स्क्यान गरेर कम्प्युटर वा स्मार्टफोनबाट स्थिर सम्पत्तिको कर, शहरी योजना कर, हल्का सवारी साधनको करको (प्रकार अनुसार) भुक्तानी गर्न सकिने भएको छ।
※नगरपालिका वा प्रिफेक्चरको कर तथा राष्ट्रिय स्वास्थ्य बीमा कर भने यसमा संलग्न नभएकोले, भुक्तानी विधि पहिले कै अनुसार अपरिवर्तित रहेको छ।
करको रकम नतिरेमा वा भुक्तानी गर्न ढिलो भएमा के हुन्छ?(税金を納めなかったり、納付が遅れたらどうなるの?)
करको रकम निर्धारित मिति सम्ममा अनिवार्य तिर्नु पर्दछ। तोकिएको मिति सम्ममा भुक्तानी नगरेको अवस्थामा, चेतावनी पत्र, सम्पत्ति अनुसन्धान, वा जफत जस्ता बक्यौता संकलनको उपायहरूको कार्यान्वयन गर्न सकिनेछ। निर्धारित मिति सम्ममा तिर्न असमर्थ भएको खण्डमा नगरपालिकाको भुक्तानी बुझिलिने विभागमा अनिवार्य परामर्श गर्नुहोस्।
नगरपालिकाको कर भुक्तानी गर्ने समयतालिका(Japanese)(English)
सम्पर्क जानकारी(問い合わせ)
भुक्तानी बुझिलिने विभाग (Shuno-ka, 収納課):082-420-0912
स्थान(場所):मुख्य भवनको पाँचौं तला(本館5階)
- Please let us know your opinions.
-
Caution:
Please note that we will not respond to the contents entered in this questionnaire.
Please click here for inquiries.
更新日:2024年10月08日