आयकर (राष्ट्रिय कर)(所得税)
यो सम्बन्धित वर्षको जनवरी 1 देखि डिसेम्बर 31 सम्मको एक वर्षको अवधिमा आर्जन गरेको व्यक्तिगत आम्दानीको हकमा देशले लगाउने कर हो।
कर भुक्तानी गर्ने अवधि(納税時期)
मासिक तलब पाउने आयस्रोत भएको अवस्थामा, आयकर सामान्यतया तपाइँको मासिक आम्दानीबाट स्वतः कटौती गरिन्छ। तलब बाहेक अन्य आम्दानी भएको अथवा आयकर स्रोतमै कटाइने (तलबबाट निश्चित रकमको कर कटाइने) व्यवस्था अन्तर्गत नपर्ने व्यक्तिहरूले आर्थिक वर्षको अन्तमा आयकर फिर्ताको आवेदन बुझाउँदा संगै आयकर पनि तिर्नु पर्दछ ।
अन्तिम आयकर फिर्ता(確定申告)
अन्तिम आयकर फिर्ता भनेको, सम्बन्धित वर्षको आयको रकम तथा सोहि बमोजिम लागु भएको आयकरको रकमको आफैले हिसाब गरी, कर विवरण पेश गर्न तोकिएको म्याद सम्ममा कर कार्यालयमा विवरण बुझाई, स्रोतमै कटाइएको आयकरसंग तुलना गरेर घटबढको हिसाबकिताब गरी रकम मिलाउने प्रक्रिया हो।
अन्तिम आयकर फिर्ताको लागि विवरण पेश गर्न आवश्यक पर्ने व्यक्ति(確定申告が必要な人)
- 2 वा सो भन्दा बढी स्रोतबाट तलब प्राप्त गर्ने व्यक्ति
- तलबको भुक्तानी एकै ठाउँबाट प्राप्त गर्ने तथा तलबी आम्दानी बाहेकको अन्य आयको कुल रकम 200,000 येन भन्दा बढी हुने व्यक्ति।
अन्तिम आयकर फिर्ताको लागि विवरण पेश गर्न आवश्यक नपर्ने व्यक्ति(確定申告が不要な人)
एकै ठाउँबाट मात्र तलब आम्दानी प्राप्त गर्ने तथा आफ्नो कार्यस्थलमा वर्षको अन्त्यमा समायोजन (निश्चित गरिएको वर्षदिनको तलब आम्दानीबाट आय कटौती गरेर वर्षदिनको आयकरको हिसाबकिताब) गराई पाउने व्यक्ति।
कर फिर्ताको विवरण पेश गर्ने तरीका(申告書の提出方法)
e-Tax मार्फत अनलाईन पेश गर्ने अथवा फारम प्रिन्ट गरेर हुलाकबाट पठाउने।
国税庁(राष्ट्रिय कर एजेन्सी)को वेबसाइटमा रहेको「確定申告書等作成コーナー」(अन्तिम कर फिर्ताको कागजात बनाउने स्थान)मा स्क्रिनमा देखिने निर्देशन अनुसार जानकारी भरेमा करको रकम आदि स्वतः हिसाबकिताब भई, सरल र सहज रूपमा कर फिर्ताको लागि आवश्यक कागजातहरु तयार गर्न सकिन्छ। तयार गरिएको कर फिर्ताको कागजात e-Tax मार्फत पठाउन अथवा प्रिन्ट गरी हुलाक मार्फत पेश गर्न सकिन्छ।
आयकरको विवरण पेश गर्ने स्थान(所得税の申告会場)
स्थान(場所)
साइजो कर कार्यालय भित्र
पेश गर्ने अवधि(申告期間)
सन् 2024 फेब्रुअरी 16 (शुक्रबार) देखी सन् 2024 मार्च 15 (शुक्रबार) सम्म (शनिवार, आइतबार र सार्वजनिक बिदाको दिन बाहेक)
सन् 2024 फेब्रुअरी 5 (सोमबार) देखि सन् 2024 फेब्रुअरी 15 (बिहीबार) सम्म (शनिवार, आइतबार र बिदाको दिन बाहेक) कर फिर्ताको आवेदन सम्बन्धी परामर्श उपलब्ध गराईनेछ। प्रवेश टिकट (सोहि दिनमा वितरण गरिने) आवश्यक पर्दछ।
प्रवेश टिकट(入場整理券)
सोहि दिन वितरण / जारी गरिने, टिकट सकिएमा परामर्श सेवा पनि समाप्त हुनेछ।
अनलाइन अग्रिम बुकिङ्ग/LINEमा जारी गरिने (फेब्रुअरी 6 (मंगलबार) आवेदन खुल्ने)
परामर्श स्थलमा प्रवेश गर्नको लागी प्रवेश टिकटको आवश्यकता पर्दछ। प्रवेश टिकटको वितरणको स्थितिको आधारमा, सोही दिन नभई पछिको मितिमा उपस्थित हुनको लागी अनुरोध गरिने अवस्था हुन सक्दछ।
सिद्धान्तमा, आफ्नै स्मार्टफोनको प्रयोग गरेर आफ्नो कर फिर्ताको कागजात बनाइनेछ।
यदि तपाईंसँग माइ नम्बर कार्ड छ भने, आफ्नो माइ नम्बर कार्ड, प्रयोगकर्ता प्रमाणीकरणको इलेक्ट्रोनिक प्रमाणपत्र (४ अंक), तथा हस्ताक्षरको इलेक्ट्रोनिक प्रमाणपत्र (६ देखि १६ वटा अंक तथा अंग्रेजी अक्षर) भएको पासवर्ड पनि संगै लिएर आउनुहोस्।
मार्च 16 पछि पनि कर फिर्ताको आवेदन बुझिलिने भएता पनि, नगरपालिकाको कर आदिको व्यस्थापनमा ढिलाइ हुने हुनाले, सम्भव भए सम्म माथि उल्लेखित अवधि भित्रमा कर फिर्ताको आवेदन पेश गर्नुहोस्।
अन्तिम कर फिर्ताको आवेदन पेश गर्दा, तपाईंले अतिरिक्त आयकर तिर्नु पर्ने पनि हुन सक्छ, अथवा बढी भुक्तानी गरिएको आयकर फिर्ता प्राप्त गर्न पनि सकिन्छ।
सम्पर्क जानकारी(問い合わせ先)
साइजो कर कार्यालय (Saijo-zeimusyo, 西条税務署): 082-422-2191
स्थान(場所):हिगाशी हिरोशिमा शि साइजो शोवामाची 16 बान 8 च्यो
- Please let us know your opinions.
-
Caution:
Please note that we will not respond to the contents entered in this questionnaire.
Please click here for inquiries.
更新日:2024年10月08日