राष्ट्रिय स्वास्थ्य बीमा आयको घोषणा(国民健康保険の所得申告)

更新日:2026年01月27日

राष्ट्रिय स्वास्थ्य बीमा वा वृद्धवृद्धाहरूको लागि चिकित्सा हेरचाह प्रणालीमा सामेल भएका सदस्यहरुले, आय नभएर परिवारमा निर्भर भएको अवस्थामा वा कर छुट भएको आय मात्र भएको अवस्थामा पनि, प्रत्येक व्यक्तिको आय विवरण पेश गर्न आवश्यक छ।

आय कम भएको घरधूरिको खण्डमा पनि, घरपरिवारको सदस्य सबैको आयको विवरण पेश नगरेको खण्डमा राष्ट्रिय स्वास्थ्य बीमा कर अथवा वृद्धवृद्धाहरूको लागि चिकित्सा बीमा शुल्कको कटौती प्रणालीको अवेदन बुझिलिन सकिदैन। साथै, उच्च लागत चिकित्सा खर्चको लागि आफूले भुक्तानी गर्नु पर्ने अधिकतम रकमको सीमा बढ्ने, अथवा खाने खर्चको कटौती प्राप्त नगर्ने संभावना हुन सक्छ।

यद्यपि, निम्न व्यक्तिहरूले आफ्नो आयको विवरण पेश गर्न आवश्यक छैन।

  • १८ वर्ष मुनिका व्यक्तिहरू (सन् 2026मा विवरण पेश गर्दा सन् 2026 जनवरी 1 सम्मको विवरण लागू हुने)
  • आयकर फिर्ताको लागी आवेदन गर्ने व्यक्ति
  • नगरपालिका वा प्रिफेक्चरको कर फिर्ताको लागी आवेदन गर्ने व्यक्ति
  • आम्दानीको स्रोत तलब मात्र भई कार्यस्थलमा वर्षको अन्त्यमा कर समायोजन गरेका व्यक्तिहरू
  • सार्वजनिक निवृत्तिभरण आम्दानीमा मात्र आशृत व्यक्तिहरू (आम्दानीकर्ताको मृत्यु पछि जिवित परिवारजनले पाउने पेन्सन, असक्षमता पेन्सन, आदि बाट मात्र आम्दानी प्राप्त गर्ने व्यक्तिहरूले आय विवरण पेश गर्न आवश्यक पर्दछ)

कर फिर्ता गर्ने आवेदन फारम पेश गर्न आवश्यक मानिने व्यक्तिहरूले फेब्रुअरी महिनाको मध्य तथा मे महिनाको मध्यमा हुलाक मार्फत पठाउनु पर्नेछ।

<Sample>
国民健康保険所得申告封筒

आय विवरण पेश गर्ने फारम सम्बन्धी बहुभाषी संस्करणहरूको लागी तलको वेबसाईट हेर्नुहोस् वा कोड स्क्यान गर्नुहोस्। 

सम्पर्क जानकारी(問い合わせ)

राष्ट्रिय स्वास्थ्य बीमा तथा पेन्सन विभाग (Kokuho-nenkin-ka, 国保年金課こくほねんきんか):082-420-0933

स्थान(場所ばしょ):मुख्य भवनको पहिलो तला(本館ほんかん1かい

Please let us know your opinions.

Caution:

Please note that we will not respond to the contents entered in this questionnaire.

Please click here for inquiries.

Question 1
Which country are you from?
Question 2
Where do you live now?


Question 3
Was the information on this page helpful?


Question 4
Please tell us how you found out about this website.