विपद रोकथाम सम्बन्धी इमेल सेवा (東広島市防災メール等配信サービス)

更新日:2024年11月08日

हिगाशिहिरोशिमा नगरपालिकाको विपद रोकथाम सम्बन्धी इमेल सेवा भनेको, भूकम्प, मौसम, आपतकालिन निकासी, नागरिक सुरक्षा, तथा विपद रोकथाम सम्बन्धी जानकारीहरु, हिगाशिहिरोशिमा नगरपालिकाबाट दर्ता गरेका व्यक्तिहरूलाई उनीहरूको मोबाइल फोन वा स्मार्टफोनमा ईमेल मार्फत निःशुल्क जानकारी पठाउने सेवा हो।

भूकम्प सम्बन्धी जानकारी, मौसम सम्बन्धी जानकारी, सुनामी सम्बन्धी जानकारी, र नागरिक सुरक्षा सम्बन्धी जानकारीहरु सात वटा भाषाहरू (जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, स्पेनिश, पोर्तुगाली र भियतनामी)मा प्राप्त गर्न सकिन्छ।

दर्ता गर्न वा सूचना प्राप्त गर्न शुल्क लाग्दैन।

दर्ता गर्ने र इ-मेल प्राप्त गर्ने समयमा प्रयोग गरेको प्याकेट संचार शुल्क तथा लाइन उपयोग शुल्क (इन्टरनेट) आदि भने प्रयोगकर्ताले आफै व्यहोर्नु पर्दछ।

1.वितरण गरिने जानकारी(配信する情報)

वितरण गरिने जानकारीको सम्बन्धमा आवश्यकता अनुसार निर्णय गरिन्छ।

साथै, सबै प्रकारको विपद सम्बन्धी जानकारी नपठाइने कुरा पनि बुझि राख्नुहोस्।

 नगरपालिकाबाट पठाइने जानकारीको सम्बन्धमा, जापानी बाहेक अन्य भाषाहरूमा पठाईने छैन। मिल्दोजुल्दो जानकारी पक्का गर्न चाहनुहुन्छ भने, कृपया नागरिक पोर्टल साइटमा दर्ता गर्नुहोस् अथवा वा हिरोशिमा प्रिफेक्चरको विपद रोकथामको वेबपेज हेर्नुहोस्।

नागरिक पोर्टल साइट

हिरोशिमा प्रिफेक्चरको विपद रोकथामको वेबपेज

देश बाट जानकारी(国からの情報)

भूकम्प सम्बन्धी जानकारी

भूकम्पीय तीव्रता 4 वा सो भन्दा बढि, अथवा लामो-अवधिको भूकम्पीय गतिको स्तर 3 वा सो भन्दा बढिको भूकम्प सम्बन्धी आपतकालीन पूर्वसूचना, भूकम्पको तीव्रता सम्बन्धी जानकारी

मौसम सम्बन्धी जानकारी

मौसम सम्बन्धी चेतावनी, विशेष चेतावनी, हाल सम्मको अभिलेख कट्ने गरी छोटो समयमा हुने ठूलो वर्षाको जानकारी, पहिरोको सतर्कता सम्बन्धी जानकारी

सुनामी सम्बन्धी जानकारी

ठूलो सुनामीको चेतावनी, सुनामीको चेतावनी, सुनामी सम्बन्धी सतर्कता

नागरिक सुरक्षा सम्बन्धी जानकारी

ब्यालिस्टिक मिसाइल अवतरणको जानकारी, हवाई आक्रमणको जानकारी, छापामार/विशेष सैनिक आक्रमणको जानकारी, ठूलो स्तरको आतंकवाद सम्बन्धी जानकारी

नगरपालिकाबाट जानकारी(市からの情報)

आपतकालिन निकासीको निर्देशन, आदिको जानकारी

आपतकालिन निकासीको निर्देशन आदिको सम्बन्धमा जारी गर्ने/रद्द गर्ने, लक्षित क्षेत्रहरू

आपतकालिन निकासी गर्ने स्थानको जानकारी

आपतकालिन निकासी गर्ने स्थानको नाम, खोल्ने स्थिति (खुल्ने मिति र समय, आदि)

अन्य आपतकालीन जानकारी

सडक आवागमन रोकिएको जानकारी, टाइफुन नजिकिएको जानकारी, पहिरो गएको जानकारी, बाढीको क्षति बारे जानकारी, खतरनाक जनावरको बारे जानकारी, अन्य सूचनाहरु

2.दर्ता प्रक्रिया(登録手順)

(1)मोबाइल फोन वा कम्प्युटरबाट तल दिईएको ईमेल ठेगानाको प्रयोग गरी दर्ता गर्नुहोस्।

(2)इमेल लेख्ने स्क्रिन देखिने हुनाले, केहि हेरफेर नगरीकन यत्तिक्कै इमेल पठाउनुहोस्।

इमेलको विषय वा वाक्यहरु केहि पनि टाइप गर्न आवश्यक छैन।

(3)माथिको इमेल पठाए पछि अस्थायी दर्ता मात्र गरिने भएकोले, तल लेखिए बमोजिम वास्तविक दर्ता प्रक्रिया पूरा गर्नुहोस्।

「メールサービス本登録のご案内」("इमेल सेवाको वास्तविक दर्ता गर्ने बारे जानकारी") शीर्षकको इमेल प्राप्त गर्नुहुनेछ।

यस इमेलको अन्त्यमा देखाइएको URL लिन्कमा क्लिक गरेमा वास्तविक दर्ता गर्ने वेबसाइट खुल्नेछ।

दर्ता गर्ने स्क्रिन देखिने भएकोले, 登録 (दर्ता) बटनमा क्लिक गर्नुहोस्।

(4)登録完了(दर्ता पूरा भएको) इमेल प्राप्त गर्नुहुनेछ।

दर्ता प्रक्रिया पूरा भएको छ।

3.परिवर्तन/रद्द गर्ने प्रक्रिया(変更・解除手順)

इमेल दर्ता गरे पछि प्राप्त भएको विपद रोकथाम जानकारी आदिको इमेलको मुख्य भागको तल रहेको 登録内容の変更・解除 (दर्ता परिवर्तन वा रद्द गर्ने) URL लिन्कमा क्लिक गर्नुहोस्।

परिवर्तन/रद्द गर्ने साइटमा गए पछि「変更」"परिवर्तन" वा「解除」"रद्द" चयन गर्नुहोस्।

परिवर्तन गर्ने हो भने, परिवर्तन गर्नु पर्ने जानकारी टाइप गरेर पून: दर्ता गरे पछि दर्ता परिवर्तनको प्रक्रिया पूरा हुन्छ।

रद्द गर्ने हो भने,「解除」"रद्द" चयन गरे पछि, इमेल सेवा रद्द गर्ने प्रक्रिया पूरा हुन्छ।

4.ध्यान दिनु पर्ने कुराहरु(注意事項)

(1)दर्ता गर्दा र इमेल प्राप्त गर्दाको प्याकेट संचार शुल्क तथा लाइन उपयोग (इन्टरनेट) शुल्क, आदि प्रयोगकर्ता आफैले बेहोर्नु पर्नेछ।

(2)स्प्याम (जङ्क) इमेल फिल्टरको सेटिङ परिवर्तन गर्ने बारे
मोबाइल फोन प्रयोग गर्नुहुन्छ भने, स्प्याम (जङ्क) इमेल फिल्टर आदिले इमेल प्राप्त गर्ने अनुमति दिनको लागि सेटिङको अग्रिम जाँच गरी पक्का गर्नुहोस्।

1. स्प्याम (जङ्क) इमेलको फिल्टरको,〈bousai@city.higashihiroshima.hiroshima.jp〉बाट पठाइएको इमेलहरू प्राप्त गर्न सकिने गरि, सेटिङ परिवर्तन गर्नुहोस्।

2. 「URL संलग्न गरिएको इमेल अस्वीकार गर्ने सेटिङ」लाई「सेटिङ रद्द」गर्नुहोस्।

3. यस इमेल सेवा द्वारा सन्देशहरू प्राप्त गर्न मात्र सकिन्छ, जवाफ दिन वा इमेल पठाउन भने मिल्दैन।

कुनै जिज्ञासा छ भने, तलको जानकारी प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

 

5.व्यक्तिगत जानकारीको व्यवस्थापनको सम्बन्धमा(個人情報の管理について

यस इमेल सेवाको लागि आवश्यक व्यक्तिगत जानकारी तपाईको इमेल ठेगाना हो।

यो व्यक्तिगत जानकारी यस सेवाको लागि मात्र प्रयोग गरिनेछ।

सम्पर्क जानकारी(問い合わせ先)

संकट व्यवस्थापन महाशाखा   (Kikikanri-ka, 危機(きき)管理課(かんりか): 082-420-0400

स्थान(場所ばしょ):मुख्य भवनको तेस्रो तला(本館(ほんかん)3(かい)

Please let us know your opinions.

Caution:

Please note that we will not respond to the contents entered in this questionnaire.

Please click here for inquiries.

Question 1
Which country are you from?
Question 2
Where do you live now?


Question 3
Was the information on this page helpful?


Question 4
Please tell us how you found out about this website.