हिगाशिहिरोशिमा नगरपालिकाको सार्वजनिक वायरलेस वाइफाइ(公衆無線LAN)

更新日:2026年01月19日

1 मुख्य बुँदा(概要)

हिगाशिहिरोशिमा नगरपालिकाले शहर भित्रका सार्वजनिक स्थानहरुमा सार्वजनिक वायरलेस LAN वाइफाइ सेवा, "東広島 Free Wi-Fi" प्रदान गर्दछ।

वाइफाइ उपलब्ध हुने स्थानहरूमा पोस्टर टाँसिएको छ, सो सेवाको प्रयोग गर्नुहोला।

यो सेवा नि:शुल्क उपलब्ध छ।

2 प्रयोग गर्ने तरिका(利用方法)

यसलाई प्रयोग गर्ने तीन वटा तरिकाहरू छन्।

आफूलाई अनुकुल हुने तरिकाले प्रयोग गर्नुहोस्।

तरिका 1) इमेल मार्फत जडान(Eメールによる接続)

पहिलो पटक प्रयोग गरेको खण्डमा(初めて利用する場合)

1. Wi-Fi को सेटिङबाट「HGH Free Wi-Fi(E-mail)」को चयन गर्नुहोस्।

यस समयमा 10 मिनेटको लागि इन्टरनेट जडान हुने हुनाले, त्यस समय भित्रमा निम्न प्रक्रियाहरू पूरा गर्नुहोस्।

2. Wi-Fi प्रयोग गर्ने स्क्रिनमा जानुहोस्।

3. स्क्रिनको तल रहेको "अकाउन्टको लागि आवेदन"「アカウント申請」मा क्लिक गर्नुहोस्।

4. आफ्नो "नाम", "इमेल", "इमेल (फेरी एक पटक)", "पासवर्ड" र "पासवर्ड (फेरी एक पटक)" लेखी सकेपछि "नयाँ अकाउन्टको लागि आवेदन"「新規アカウント申請」मा क्लिक गर्नुहोस्।

5. तपाईंले दिनु भएको इमेल ठेगानामा सूचना पठाइनेछ।

6. इमेल ठेगानाको मुख्य भागमा दिईएको URLमा क्लिक गर्नुहोस्।

यति गरे पछि Wi-fi प्रयोग गर्ने प्रक्रिया पूरा हुन्छ।

यस पछि इन्टरनेटको कनेक्सन छुटेको अवस्थामा, "दोस्रो पटक वा पछि" अन्तर्गत तल लेखिएको प्रक्रिया अनुसार पुन: जडान गर्नुहोस्।

दोस्रो पटक बाट जडान गरेको अवस्थामा(2回目以降の場合)

1. Wi-Fiको सेटिङबाट「HGH Free Wi-Fi(E-mail)」मा चयन गर्नुहोस्।

2. दर्ता गरिएको「इमेल」「पासवर्ड」हालेर、「利用規約に同意」("प्रयोगका सर्तहरूसंग सहमत छु") लेखिएको ठाँउमा ठीक चिन्ह लगाउनुहोस्।

3. स्क्रिनको तल रहेको「ログイン」("लग इन") लेखिएको ठाँउमा क्लिक गर्नुहोस्।

यति गरे पछि Wi-fi प्रयोग गर्ने प्रक्रिया पूरा हुन्छ।

तरिका 2)eduroam मार्फत जडान (विश्वविद्यालयका विद्यार्थीहरूको लागि)(eduroamによる接続(大学生向け))

eduroam(エディローム)(एडिरोम) भनेको विश्वविद्यालयका विद्यार्थीहरूले आफ्नो विश्वविद्यालयको जानकारी (आईडी र पासवर्ड) प्रयोग गरेर सुरक्षित रूपमा Wi-Fiमा जडान गर्न सकिने सुबिधा हो।

※यो विश्वविद्यालय वा अनुसन्धान संस्थाहरूसँग आबद्ध भएकाहरू प्रति लक्षित विधि हो।

1. Wi-Fiको सेटिङबाट eduroamको चयन गर्नुहोस्।

2. आफ्नो क्याम्पसको आईडी र पासवर्ड हाल्नुहोस्।

यति गरे पछि Wi-fi प्रयोग गर्ने प्रक्रिया पूरा हुन्छ।

तरिका 3)खुला रोमिङ विधि प्रयोग गरेर जडान(オープンローミング方式による接続)

हिगशिहिरोशिमा Free Wi-Fiले 「Open Roaming(ओपन रोमिङ)」भनिने प्रविधिको प्रयोग गर्दछ। ओपन रोमिङ एक अन्तर्राष्ट्रिय रोमिङ पूर्वाधार हो जसमा प्रयोगकर्ताहरूले एकपटक आफ्नो फोनमा खुला रोमिङ सेटअप गरेर राखेको खण्डमा, Wi-Fi भएको स्थानमा जाँदा आफै Wi-Fi जडान हुने गर्दछ।

चरण 1 सिटिजन पोर्टल साइटमा दर्ता गर्नुहोस्【सिटिजन पोर्टल साइटमा दर्ता नभएकाहरूका लागि मात्र】(市民ポータルサイトへの登録【市民ポータルサイト未登録の方のみ】)

※सिटिजन पोर्टल साइटमा पहिले नै दर्ता भएकाहरूलाई यो चरण आवश्यक पर्दैन।

स्वचालित रुपमा Wi-Fi जडान हुने सेटअप गर्नको लागि, नागरिक पोर्टल साइटमा दर्ता गर्न अनुरोध गरिन्छ।

कृपया तलको लिङ्कबाट दर्ता गर्नुहोस्।

चरण 2 प्रोफाइल डाउनलोड पृष्ठमा स्थानान्तरण(プロファイルダウンロードページに遷移)

※नागरिक पोर्टल साइटमा दर्ता गरी सक्नु भएका व्यक्तिहरुले यहाँ बाट प्रक्रिया सुरु गर्नुहोस्।

1. तलको लिङ्कबाट प्रोफाइल डाउनलोड गर्ने पेजमा पहुँच पाउनुहोस्।

2. सिटिजन पोर्टल साइटमा 「लग इन」गर्नुहोस्।

चरण 3 प्रोफाइल डाउनलोड(プロファイルダウンロード)

तल दिइएको प्रक्रिया NTT ब्रॉडब्यान्ड प्लेटफर्म लिमिटेडद्वारा प्रकाशित प्रक्रियाबाट लिइएको हो।(स्रोत:「एन्ड्रोइडको लागि」 「आईफोनको लागि」)

1. 「登録はこちら」 (यहाँबाट दर्ता ) मा क्लिक गर्नुहोस्।

2. प्रयोगका सर्तहरू पढेर पक्का गरी「同意して登録に進む」 (सहमत भई दर्तामा अगाडि बढ्ने) मा क्लिक गर्नुहोस्।

3. लग इन विधि चयन गर्नुहोस्(「Google」अथवा「Apple」)

4. आफ्नो पहिचान प्रमाणीकरण(स्क्रिनमा「Google」छानेको अवस्थामा)गर्नुहोस्।

5. प्रोफाइल डाउनलोड गर्नुहोस्।

6. 「インストール」 (इन्स्टल) मा क्लिक गर्नुहोस्।

7. 「OK」मा क्लिक गर्नुहोस्।

आईफोन प्रयोगकर्ताहरूको लागि मात्र प्रक्रिया बाँकी रहेको छ ।(iPhoneの方のみ続きがあります)

1.「設定」(सेटिङ्ग)मा क्लिक गर्नुहोस्।

2.क्रमैसंग 「ダウンロード済みのプロファイル」(डाउनलोड गरिएको प्रोफाइल)>「インストール」(इन्स्टल)>「パスワードを入力」(पासवर्ड हाल्नुहोस्)>「インストール」(इन्स्टल) मा क्लिक गर्नुहोस्।

यति गरे पछि Higashihiroshima Free Wi-Fi भएको ठाँउमा तपाईंको फोनमा Wi-Fi स्वतः जडान हुनेछ।

3 Wi-Fi उपलब्ध हुने स्थानहरु(Wi-Fi提供場所)

Higashihiroshima Free Wi-Fi उपलब्ध भएका स्थानहरू यहाँ (हिगाशिहिरोशिमाको नक्सा) नक्सामा हेर्न सकिन्छ।

4 प्रयोग गर्दा ध्यान पुर्याउनु पर्ने कुराहरु(利用上の注意)

यस सेवाको प्रयोग गर्नु अघि "हिगाशिहिरोशिमा नगरपालिकाको सार्वजनिक वायरलेस LANको प्रयोगका सर्तहरू" तथा "हिगाशिहिरोशिमा नगरपालिकाको सार्वजनिक वायरलेस नेटवर्क प्रयोगको निर्देशिका" ध्यानपूर्वक पढ्नुहोस्।

5 सन्दर्भ(参考)

सम्पर्क जानकारी(問い合わせ)

Digital Transformation Promotion Team (DX Suishin-chiimu, DX推進チーム) : 082-420-0944
Location: 5F Main building 

Please let us know your opinions.

Caution:

Please note that we will not respond to the contents entered in this questionnaire.

Please click here for inquiries.

Question 1
Which country are you from?
Question 2
Where do you live now?


Question 3
Was the information on this page helpful?


Question 4
Please tell us how you found out about this website.