नगरपालिका तथा प्रिफेक्चरको कर (स्थानीय कर)(市県民税)
यो अघिल्लो वर्षको जनवरी 1 देखि डिसेम्बर 31 सम्मको आम्दानी अनुसार प्रिफेक्चर वा नगरपालिकाले लगाउने कर हो। प्रत्येक वर्ष जनवरी 1 मा भएको ठेगाना अनुसार, स्वयंले पेश गरेको आय घोषणाको सामग्री तथा तलब भुक्तानी गर्ने स्रोतले नगरपालिकामा पेश गरेको तलब भुक्तानीको रिपोर्टको आधारमा, नगरपालिकाले कर रकम गणना गरी, हरेक वर्षको जुन महिनाको शुरुमा「कर भुक्तानी गर्ने सूचना」पठाउने गर्दछ।
कर भुक्तानी गर्ने समय(納税時期)
मासिक तलब बाहेक अन्य आम्दानी भएको व्यक्ति वा विशेष कर सङ्कलन (तलबबाट कटौती) नगरिने व्यक्तिहरुले जुन, अगस्ट, अक्टोबर र अर्को वर्षको जनवरीमा कर तिर्नु पर्दछ।
देश छोड्दा(出国するとき)
कर व्यवस्थापन गरिदिने व्यक्तिको निधो गर्नको लागी आवेदन गर्ने प्रक्रिया(納税管理人申告の手続き)
आर्थिक वर्षको बीचमा देश छोडे तापनि, अघिल्लो वर्षमा कर योग्य रकम भन्दा बढीको आम्दानी भएको व्यक्तिले नगरपालिका तथा प्रिफेक्चरको करको भुक्तानी गर्नु पर्ने जिम्मेवारी रहन्छ। मासिक भुक्तानीमा कुनै छुट पनि हुदैन। भुक्तानी गर्नु पर्ने रकम बाँकी छ भने, भुक्तानी गरी सकेर देश छोड्नुहोस्। साथै,「कर भुक्तानी गर्ने सूचना」पठाउनु अघि (जनवरी देखि मे सम्ममा) देश छोड्दै हुनुहुन्छ भने, नगरपालिकाको कर विभागमा कर व्यवस्थापन गरिदिने व्यक्तिको निधो गर्नको लागी आवेदन फारम बुझाएर, तपाइँको सट्टामा तपाइँको करको व्यवस्थापन गरिदिने कर व्यवस्थापकको निधो गराउनुहोस्।
नगरपालिका तथा प्रिफेक्चरको कर फिर्ताको आवेदन(市県民税申告)
आवेदन पेश गर्न आवश्यक पर्ने व्यक्ति(申告が必要な人)
- मासिक तलब बाहेक अरु पनि आम्दानीको स्रोत भएको व्यक्ति
- कर कटौतीको विवरण परिवर्तन भएको व्यक्ति
- आम्दानी नभएता पनि अध्ययन खर्चमा सहायता, सरकारी आवास आदिका लागि आवेदन पेश गरेको व्यक्ति अथवा「कर छुटको प्रमाणपत्र・आयको प्रमाणपत्र」बनाउन आवश्यक परेको व्यक्ति
सम्बन्धित वर्षको लागि आफ्नो आयकर फिर्ताको लागी आवेदन पेश गरेको व्यक्तिले नगरपालिका वा प्रिफेक्चरको कर फिर्ताको आवेदन पेश गर्न आवश्यक पर्दैन।
आवेदन पेश अवधि(申告期間)
प्रत्येक वर्ष फेब्रुअरीको मध्य देखि मार्चको मध्य सम्म (शनिवार, आइतबार, र सार्वजनिक बिदाको दिन बाहेक)
नगरपालिका तथा प्रिफेक्चरको कर फिर्ताको आवेदन फारम पठाउने तरिका(市県民税申告書の発送)
यस वर्षको नगरपालिका तथा प्रिफेक्चरको कर फिर्ताको आवेदन पेश गरेका व्यक्तिहरु मध्ये, आउने वर्ष कर फिर्ताको आवेदन पेश गर्न आवश्यक मानिने व्यक्तिहरूलाई, फेब्रुअरीको सुरुमा कर फिर्ताको आवेदन फारम पठाउने योजना रहेको छ। आवश्यक जानकारी भरेर, संगै संलग्न गरिएको खाममा फारम राखी हुलाक मार्फत फिर्ता पठाउनुहोस्।
माथि उल्लेखित लक्षित व्यक्तिहरुमा समावेश नभएको व्यक्तिले कर फिर्ताको आवेदन फारम पठाउन चाहनुहुन्छ भने, कृपया नगरपालिकाको कर विभागमा सम्पर्क गर्नुहोस्।
आवेदनको लागि आवश्यक कागजातहरू(申告に必要な書類)
विषय |
आवेदनको लागी आवश्यक कुरा |
---|---|
सबैजना
|
पूर्ण रूपमा जानकारी भरेको कर फिर्ताको आवेदन फारम सवारी चालक अनुमतिपत्र आदि जस्तो स्वयंको पहिचान गराउने कागजातको प्रतिलिपि माइ नम्बर कार्डको प्रतिलिपि |
तलब, पेन्सनको आम्दानी |
आम्दानीको स्रोतमा कर कटाएको प्रमाणको पर्ची |
व्यापार, कृषि घर जग्गा व्यवसायको आय |
आय र व्ययको विवरण |
विविध आय, अस्थायी आय |
बीमा परिपक्वता हुँदा (वा रद्द गर्दा) एकमुष्ट भुक्तानी गरिएको रकम, व्यक्तिगत पेन्सनको भुक्तानी रकमको प्रमाणपत्र, पारिश्रमिक भुक्तानी गरेको रेकर्ड, आदि। |
सामाजिक बीमा रकम |
राष्ट्रिय स्वास्थ्य बीमा शुल्क, राष्ट्रिय पेन्सन बीमा शुल्क, नर्सिङ तथा चिकित्सा हेरचाह बीमा शुल्क, तथा वृद्धवृद्धाहरूको लागि चिकित्सा बीमा शुल्कको भुक्तानी रकमको प्रमाणपत्र |
जीवन बीमा शुल्क कटौती भूकम्प बीमा शुल्क कटौती |
जीवन बीमा शुल्क कटौती, व्यक्तिगत पेन्सन बीमा शुल्क, नर्सिङ तथा चिकित्सा हेरचाह बीमा शुल्क, भूकम्प बीमा शुल्कको भुक्तानी गरेको प्रमाणपत्र |
चिकित्सा खर्च कटौती |
चिकित्सा खर्च कटौतीको विवरण (अस्पताल पिच्छे र चिकित्सा सेवा प्राप्त गर्ने व्यक्ति पिच्छे तालिकाबद्ध गर्नुहोस्) |
अनुदान रकमको कटौती |
भुक्तानी गरेको रकमको प्रमाणपत्र |
अपाङ्गता कटौती |
शारीरिक अशक्तताको प्रमाणपत्र (नोटबुक), आदि को प्रतिलिपि |
कार्यरत विद्यार्थी कटौती |
विद्यार्थी परिचय पत्रको प्रतिलिपि |
प्रीफेक्चरको कर फिर्ताको आवेदन(市県民税申告)
सम्पर्क जानकारी(問い合わせ先)
नगरपालिकाको कर विभाग (Shimin-zei-ka, 市民税課):082-420-0910
स्थान(場所):नगरपालिकाको मुख्य भवनको पाँचौं तला(本館5階)
- Please let us know your opinions.
-
Caution:
Please note that we will not respond to the contents entered in this questionnaire.
Please click here for inquiries.
更新日:2024年10月08日