राष्ट्रिय स्वास्थ्य बीमा (सार्वजनिक चिकित्सा बीमा)(国民健康保険制度)
राष्ट्रिय स्वास्थ्य बीमा (सार्वजनिक चिकित्सा बीमा) (PDFファイル: 588.8KB)
सार्वजनिक चिकित्सा बीमा भनेको बिरामी हुँदा वा चोटपटक लाग्दा उपचार गराए वापत लाग्ने चिकित्सा खर्चको बोझ कम गर्ने प्रणाली हो। जापानमा बसोबास गर्ने सबैजनाले कुनै न कुनै रूपमा सार्वजनिक स्वास्थ्य बीमामा अनिवार्य सामेल हुनुपर्दछ।
जापानमा सार्वजनिक स्वास्थ्य बीमा मुख्य दुई प्रकारका छन्: कम्पनी तथा कार्यालयमा काम गर्ने व्यक्तिहरू सामेल हुने स्वास्थ्य बीमा, र सो बाहेकका व्यक्तिहरु सामेल हुने राष्ट्रिय स्वास्थ्य बीमा।
कार्यस्थलको स्वास्थ्य बीमामा सामेल नभएका व्यक्तिहरुले राष्ट्रिय स्वास्थ्य बीमामा सामेल हुन आवश्यक छ।
पहिला राष्ट्रिय स्वास्थ्य बीमामा सामेल भएका व्यक्तिहरुले पछि आफ्नो कार्यस्थलको स्वास्थ्य बीमामा प्रवेश गर्दा, राष्ट्रिय स्वास्थ्य बीमाबाट आफ्नो नाम फिर्ता लिनका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्नु पर्दछ।
सामेल हुँदा(加入)
राष्ट्रिय स्वास्थ्य बीमामा सामेल भएमा, प्रति व्यक्ति एक प्रति राष्ट्रिय स्वास्थ्य बीमा कार्ड (※), योग्यताको प्रमाणपत्र, अथवा योग्यताको जानकारी सम्बन्धी सूचना मध्ये कुनै एउटा जारी गरिनेछ। यो स्वास्थ्य बीमामा सामेल भएको प्रमाणित गर्ने महत्त्वपूर्ण कागजात हो। अस्पताल अथवा अन्य चिकित्सा संस्थामा जाँदा, अनिवार्य लिएर जानुहोस्।
कार्यस्थलको स्वास्थ्य बीमामा सामेल हुने प्रक्रियाको बारे जानकारी लिन आफ्नो कार्यस्थलमा सम्पर्क गर्नुहोस्।
※सन् 2024 डिसेम्बर 2 तारिख देखि नयाँ स्वास्थ्य बीमा कार्डहरू जारी गरिने छैनन्।
विस्तृत विवरणको लागि「令和6年12月2日に健康保険証が廃止されます」(सन् 2024 डिसेम्बर 2 तारिखमा स्वास्थ्य बीमा कार्ड खारेज गरिनेछ) मा क्लिक गर्नुहोस्।
बीमाका फाईदाहरू(保険給付)
आफूले भुक्तानी गर्नु पर्ने उपचार खर्च(医療費の自己負担)
बिरामी हुँदा वा चोटपटक लागी उपचार गराउँदा बीमा कार्ड देखाउनु भएमा, तपाइँ आफूले व्यहोर्नु पर्ने उपचार खर्च निम्न अनुसारको अनुपातमा हुनेछ।
- ६ वर्ष मुनि (प्राथमिक विद्यालयमा प्रवेश गर्नु अघि)(6歳未満)…२० प्रतिशत
- ७० वर्ष मुनि(70歳未満)…३० प्रतिशत
- ७० देखि ७४ वर्ष सम्म(70歳から74歳まで)…२० प्रतिशत(सक्रिय कामदारको समान स्तरमा आम्दानी गर्ने व्यक्तिको हकमा ३० प्रतिशत)
उच्च लागत चिकित्सा खर्च(高額療養費)
चिकित्सा संस्थामा एकै महिना भित्र भुक्तानी गरिएको जम्मा रकम, तपाईंको हकमा तोकिएको स्वयं-भुक्तानीको अधिकतम रकमको सीमा भन्दा बढि भएको अवस्थामा, आवेदन दिई "उच्च लागत चिकित्सा खर्च" को रूपमा केहि रकम फिर्ता पाउँन सकिन्छ।
आफ्नो चिकित्सा खर्च उच्च हुनेछ भन्ने पहिले नै थाहा भएमा, राष्ट्रिय स्वास्थ्य बीमा तथा पेन्सन विभागमा "अधिकतम रकम निर्धारणको लागि योग्यता प्रमाणपत्र" बनाउन आवेदन दिनुहोस्। "अधिकतम रकम निर्धारणको लागि योग्यता प्रमाणपत्र" चिकित्सा संस्थाको काउन्टरमा देखाउनु भएमा तपाईंले भुक्तानी गर्नु पर्ने रकम तपाईंको हकमा तोकिएको स्वयं-भुक्तानीको अधिकतम रकमको सीमा सम्ममा घटाइनेछ।
प्रसुती र बाल हेरचाहको लागि एकमुष्ट भत्ता(出産育児一時金)
राष्ट्रिय स्वास्थ्य बीमामा सामेल भएको सदस्यले बच्चा जन्माउँदा, प्रसुती र बाल हेरचाहको एकमुष्ट भत्ता भुक्तानी गरिन्छ। अग्रिम आवेदन आवश्यक छ या छैन भनि थाह पाउन अस्पतालमा सम्पर्क गर्नुहोस्।
यदि अग्रिम आवेदन आवश्यक नभएको तथा प्रसुती र बाल हेरचाह एकमुष्ट भत्ता भन्दा प्रसुती खर्च कम भएको अवस्थामा, जन्म दिए पश्चात आवेदन दिई फरक परेको रकमको भुक्तानी पाउँनु हुनेछ।
विदेशमा जन्म दिनु भएको अवस्थामा, जन्म दिने सदस्य जापान फर्केपछि आवेदन दिनुहोस्।
अन्त्येष्टि खर्च(葬祭費)
राष्ट्रिय स्वास्थ्य बीमामा सामेल भएको सदस्यको मृत्यु हुँदा, अन्त्येष्टि गर्ने व्यक्तिलाई ३०,००० येन भुक्तानी गरिन्छ। त्यसको लागी राष्ट्रिय स्वास्थ्य बीमा र पेन्सन डिभिजनमा आवेदन दिनुहोस्।
बीमा करको रकम निर्णय गर्ने तरिका(保険税の決め方)
बीमा करको रकम, आधारभूत रकमको भाग, उत्तरार्द्धमा गरिएको वृद्धवृद्धा सहयोग रकम आदिको भाग, र स्याहार-सुसार वापत भुक्तानी गरिएको रकमको भागको योगफलबाट निर्धारण गरिन्छ।
बिमामा सामेल भएको सदस्यको अघिल्लो वर्षको आम्दानीमा आधारित आयको केहि प्रतिशत रकम र प्रति व्यक्ति तिर्नु पर्ने रकम तथा प्रति घरधुरी तिर्नु पर्ने रकमको योगफलबाट करको हिसाब गरिन्छ।
विभाजन |
करको विषय |
आधारभूत भाग |
उत्तरार्द्धमा गरिएको वृद्धवृद्धा सहयोग रकम आदिको भाग |
स्याहार-सुसार वापत भुक्तानी गरिएको रकमको भाग (४० वर्षभन्दा बढी र ६५ वर्षभन्दा कम उमेरका) |
---|---|---|---|---|
आयको प्रतिशत |
आम्दानीको रकमको आधारमा |
७.३०% |
२.७९% |
२.०९% |
प्रति व्यक्ति तिर्नु पर्ने रकम |
प्रति सदस्य |
३१, २६१ येन |
११, ६०१ येन |
१०, ७०९ येन |
प्रति घरधुरी तिर्नु पर्ने रकम |
प्रति घरधुरी |
२०, १८६ येन |
७, ४९१ येन |
५, २४७ येन |
कर लाग्ने रकमको सीमा |
ー |
६५०,००० येन |
२४०,००० येन |
१७०,००० येन |
राष्ट्रिय स्वास्थ्य बीमा करको भुक्तानी(国民健康保険税の納付)
राष्ट्रिय स्वास्थ्य बीमा कर, घर-परिवारको इकाइको आधारमा गणना गरिन्छ र बिमामा सामेल भएको सदस्यले अघिल्लो वर्ष जापानमा गरेको आम्दानी तथा घरपरिवारको सङ्ख्या, आदिको आधारमा निर्धारण गरिन्छ। त्यसैले आम्दानी तथा घरपरिवारको सदस्य संख्या बढेको अवस्थामा बीमा करको रकम पनि बढ्दछ। बीमा कर तिर्नको लागि जिम्मेवार व्यक्ति घरमूली हो।
भुक्तानी गर्ने तरिका(納付方法)
बैंक खाता मर्फत पठाउने(口座振替)
राष्ट्रिय स्वास्थ्य बीमा तथा पेन्सन विभाग अथवा सम्बन्धित वित्तीय संस्थामा आवेदन दिनुहोस्।
राष्ट्रिय स्वास्थ्य बीमा तथा पेन्सन विभागबाट पठाइएको भुक्तानी स्लिप मार्फत नगद भुक्तानी(国保年金課から送付される納付書での現金支払い)
सम्बन्धित वित्तीय संस्था, हुलाक कार्यालय, कन्भिनिएन्स स्टोर (कोन्बिनि)
PayB・PayPay
एप डाउनलोड
आय विवरण पेश गर्ने(所得申告)
आम्दानी एक निश्चित रकम भन्दा कम भएको अवस्थामा, बीमा करको न्यूनीकरण गराईने प्रणाली रहेको छ, तर आयको विवरण पेश नगरेमा यो लागू हुँदैन। आय भए पनि वा नभए पनि विवरण पेश गर्नुहोस्।
निम्न अवस्थामा बीमा कर घटाइनेछ(次の場合は、保険税が軽減されます)
अघिल्लो वर्षको कुल आम्दानी निश्चित रकमभन्दा कम रहेको परिवार(前年の総所得金額等が一定額以下の世帯)
प्रति व्यक्ति तिर्नु पर्ने रकम・प्रति घरधुरी तिर्नु पर्ने रकम घटाईने अनुपात / ७०%・५०%・२०%
※बिमाको सदस्य वा घरमूलीले आयको विवरण पेश नगरेको अवस्थामा कटौती लागू हुने छैन। आम्दानी नभएका अथवा अरुमा आश्रित व्यक्तिहरूले पनि आफ्नो आयको घोषणा गर्नु आवश्यक छ।
विद्यालय जाने उमेर भई नसकेको बालबालिकाका लागि प्रति व्यक्ति तिर्नु पर्ने रकम घटाइनेछ(未就学児に係る均等割額は減額されます)
विद्यालय जाने उमेर भई नसकेको बालबालिकाका लागि प्रति व्यक्ति तिर्नु पर्ने रकमको आधा भाग घटाइनेछ (आवेदन आवश्यक छैन)।
घरपरिवारको कुल आम्दानी इत्यादिको आधारमा कटौती लागू गरिएको खण्डमा घटाए पछिको प्रति व्यक्ति तिर्नु पर्ने रकमको आधाले घटाइनेछ।
अनैच्छिक रूपमा बेरोजगार व्यक्तिहरूको लागि बीमा करको कटौती प्रणाली(非自発的失業者に対する保険税の軽減制度)
काम गर्ने कम्पनी टाँट पल्टेर वा कार्यालयले बर्खास्त गरेको कारणले अनैच्छिक रूपमा आफ्नो जागिर गुमाएको र रोजगार बीमा प्राप्त गर्ने व्यक्तिहरुले आवेदन पेश गरेमा बीमा करको कटौती गराईनेछ। रोजगार सकिएको मिति सम्ममा ६५ वर्ष भन्दा कम उमेरको हुनु पर्ने सर्त रहेको छ।
प्राकृतिक प्रकोप वा बेरोजगारी जस्ता विशेष परिस्थितिको बेलामा(天災、失業など特別な事情があるとき)
प्रत्येक भुक्तानीको म्याद भन्दा कम्तिमा ७ दिन अघि सम्ममा अनिवार्य आवेदन पेश गर्नु पर्दछ।
यस्तो अवस्थामा १४ दिन भित्र सूचना पेश गर्नुहोस्!(こんなときは14日以内に届出を!)
नामांकन वा परिवर्तन आदिको सूचना पेश गर्न ढिलो भए पनि, बीमा कर तिर्दा परिवर्तन भएको मिती देखिको सबै तिर्नुपर्नेछ।
- हिगाशिहिरोशिमा नगरपालिकामा बसाई सरेर आउँदा वा यहाँबाट जाँदा (देश छोडेर जाँदा)
- कार्यस्थलको स्वास्थ्य बीमामा सामेल हुँदा वा छोड्दा
- बिमा सदस्यको बच्चा जन्मदाँ
- बिमा सदस्यको मृत्यु हुँदा
- बीमा कार्डमा उल्लेखित विवरणमा परिवर्तन हुँदा
आर्थिक वर्षको विचमा राष्ट्रिय स्वास्थ्य बीमामा सामेल हुँदा वा छोड्दा ...(年度途中で国保に加入・脱退したとき)
आर्थिक वर्षको मध्यमा सामेल हुँदा, योग्यता प्राप्त गरेको महिनाबाट बीमा करको हिसाब गरिनेछ। राष्ट्रिय स्वास्थ्य बीमा छोड्दा सोही महिनादेखि बीमा कर तिर्नु पर्दैन।
※ प्रति अवधि तिर्नु पर्ने रकम एक महिनाको लागि लाग्ने बीमा करको रकम बराबर नहुने हुँदा, बिमा छोडे पछि पनि भुक्तानी गर्नु पर्ने कर रकम बाँकी रहन सक्छ।
अन्य स्वास्थ्य बीमामा सामेल, इत्यादिको कारणले राष्ट्रिय स्वास्थ्य बीमाबाट नाम फिर्ता लिनको लागि प्रक्रिया(他の健康保険への加入等による国保の脱退手続き)
कार्यस्थलको स्वास्थ्य बीमामा सामेल हुँदा, वा कसैमा आश्रित हुँदा, नगरपालिकाबाट बसाई सरेर जाँदा, राष्ट्रिय स्वास्थ्य बीमाबाट नाम फिर्ता लिने प्रक्रिया पूरा गर्नुपर्दछ। प्रक्रिया पूरा नगरेको खण्डमा बीमा कर लागिरहेको स्तिथिमा रहनेछ र पैसा तिर्नको लागी पत्र आईपुग्नेछ।
बसाई सर्दा वा देश छोड्दा(転出・出国するときは)
हिगाशिहिरोशिमा नगरपालिकाबाट बसाई सर्दै हुनुहुन्छ वा देश छोड्दै हुनुहुन्छ भने, सकेसम्म चाँडो राष्ट्रिय स्वास्थ्य बीमा र पेन्सन विभागमा गई राष्ट्रिय स्वास्थ्य बीमा छोड्ने प्रक्रिया पूरा गर्नुहोस्। बसाई सरेर वा देश छोडेर जाने महिना भन्दा पछिको बिमा करको भुक्तानी गरी सक्नु भएको अवस्थामा, बिमा छोड्ने प्रक्रिया गर्न ढिलाइ भएमा, राष्ट्रिय स्वास्थ्य बीमा कर फिर्ता नपाउने सम्भावना रहन्छ।
सवारी दुर्घटनामा पर्दा(交通事故に遭ったとき)
राष्ट्रिय स्वास्थ्य बीमाको सदस्यहरु सवारी दुर्घटनामा घाइते भएको अवस्थामा, अनिवार्य राष्ट्रिय स्वास्थ्य बीमा तथा पेन्सन विभागमा सूचना पेश गर्नुहोस्।
सैद्धान्तिक रूपमा, अपराधीले उपचार खर्च व्यहोर्न जिम्मेवार हुने भएता पनि, अपराधीले सो समय अवधी भित्र भुक्तानी गर्न नसक्ने बेलामा, राष्ट्रिय स्वास्थ्य बीमाले उपचार लागतको भित्रबाट बीमा लक्षित भागको अस्थायी रूपमा भुक्तनी गरी, पछिको मितिमा अपराधीलाई व्यहोर्नु पर्ने रकम तिर्न लगाउनेछ।
सम्पर्क जानकारी(問い合わせ先)
राष्ट्रिय स्वास्थ्य बीमा तथा पेन्सन विभाग (Kokuho-nenkin-ka, 国保年金課):082-420-0933
स्थान(場所):मुख्य भवनको पहिलो तला(本館1階)
- Please let us know your opinions.
-
Caution:
Please note that we will not respond to the contents entered in this questionnaire.
Please click here for inquiries.
更新日:2025年03月18日